कला


भक्तपुरका ६ वर्षीय आरभले जब बानेश्वरमा एकल चित्रकला प्रदर्शन गरे

भक्तपुरका ६ वर्षीय आरभले जब बानेश्वरमा एकल चित्रकला प्रदर्शन गरे

आइतबार नयाँ बानेश्वरमा एकल चित्र प्रदर्शनका क्रममा आरभ।


नेपालखबर
चैत २६, २०८० सोमबार ६:११, काठमाडौँ

यूकेजीमा पढ्ने ६ वर्षीय आरभबन्धु थापा भर्खरै अक्षर चिन्दै छन्। 

अक्षरभन्दा बढी उनी चित्रका रेखा स्पष्ट र कलात्मक ढंगले उतार्न सिपालु छन्।

आइतबार नयाँ बानेश्वरस्थित एनबी सेन्टरको पहिलो तलामा उनको एकल चित्रकला प्रदर्शनी गरिएको छ।

घुमेर दृश्यवलोकन गरी पेन्सिनलले चित्र कोर्ने उनको स्वभावका कारण सानै उमेरमा एकल चित्रकला प्रदर्शन गर्न सम्भव भएको उनका बुवा भरतबन्धु थापाले बताए। 

भक्तपुर बस्ने आरभका अनुसार उनले १५ दिनमा २५ वटा स्केच कोरेका छन्। पशुपतिनाथ, जानकी मन्दिर, जात्रा, शिवलिंगलगायत सांस्कृतिक र प्राकृतिक दृश्य उनले चित्रमा उतार्ने प्रयास गरेका छन्। 

आरभको कला नियाल्न बालबालिकादेखि पाका उमेरका कलाप्रेमी प्रदशर्नीमा पुगेका थिए। भविष्यमा व्यावसायिक चित्रकार बन्ने उद्देश्य राखेका आरभ भन्छन्, ‘चित्र कोर्न पाउँदा खुसी मिल्छ।’

छोराको कलाप्रतिको रुचि बुझेरै परिवारबाट हौसला प्रदान गर्न एकल चित्रकला प्रर्दशनी राखिएको उनकी आमा गीताञ्जलीले बताइन्।

‘बालबालिकाको रुचिमा अभिभावक सहयोगी हुनुपर्छ,’ उनले भने, ‘हाम्रो थोरै हौसलाले धेरै प्रगति गर्न सक्छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad