कला


यस्तो छ ‘खजुरे ब्रो’को नयाँ पोस्टर

यस्तो छ  ‘खजुरे ब्रो’को नयाँ पोस्टर

नेपालखबर
चैत २६, २०८० सोमबार ११:५९, काठमाडौँ

सुरज सुनुवार निर्देशित ‘खजुरे ब्रो’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा फिल्मको मुख्य कलाकारहरू फिचर्ड छन्।

रेयर राईलाई पैसा बोकेर बसिरहेका आफ्ना साथी महेश त्रिपाठीसँग मोटरसाइकलमा अत्यन्त खुसी मुद्रामा देख्न सकिन्छ।

एकातिर पैसाले यी दुई पात्रलाई दिलाएको खुसी देख्न सकिन्छ भने अर्कोतर्फ खजुरेले यो खुसीमा आफूले मन पराएकी सुन्दरी युवती नीति शाहलाई याद गरिरहेको पनि देख्न सकिन्छ।

सिनेमाले धरान र आसपासका क्षेत्रमा चर्चित रहेका खजुरे पात्रको कथा पेस गर्छ। धरान आसपासमा डुलिहिँड्ने यी पात्रको केही वर्ष अगाडि मृत्यु भइसकेको छ।

जीवनको पछिल्लो समयमा धरानमा मानिसहरुका लागि मनोरञ्जनको पात्र बनेका उनी त्यो अवस्थामा आइपुग्नुका पछाडि दु:खान्त कहानी रहेको बताइन्छ। ‘खजुरे ब्रो’ले तिनै घटनाहरुलाई आफ्नो विषय बनाएको छ।

यस फिल्ममा रेयर, महेश, नीतिसहित नविन मानन्धर, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राई लगायतको अभिनय छ। फिल्ममा धरानका मेयर हर्क साम्पाङ अतिथि कलाकारको भूमिकामा देखिएका छन्।

यो फिल्म सुरज सुनुवारको लेखन र निर्देशनमा बनेको हो। दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको फिल्ममा सुरजसहित नवीन मानन्धरको लगानी छ। 

फिल्ममा धरानमा छायाङ्कन गरिएको यस फिल्मलाई शिशिर बिसंखेले खिचेका हुन्। यस फिल्मलाई आगामी वैशाख २८ गतेबाट रिलिज हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .