कला


चुनाव लड्न लागेको चर्चाबीच सञ्जय दत्त: न त म कुनै पार्टीमा जान्छु, न चुनाव नै लड्छु

चुनाव लड्न लागेको चर्चाबीच सञ्जय दत्त: न त म कुनै पार्टीमा जान्छु, न चुनाव नै लड्छु

नेपालखबर
चैत २७, २०८० मंगलबार १३:५४, काठमाडौँ

२०२४ मा भारतमा हुन लागेको लोकसभा चुनावमा धेरै कलाकार उम्मेदवार बन्ने चर्चा चलिरहेकाे छ। अभिनेत्री कंगना रनौत हिमाचल प्रदेशको मण्डीबाट भाजपाको तर्फबाट चुनाव लड्दैछिन्। ‘रामायण’ मा रामको भूमिका निभाएका अभिनेता अरुण गोविल मेरठबाट भाजपाका तर्फबाट चुनाव लड्ने पक्का भइसकेको छ।

केही दिनदेखि अभिनेता सञ्जय दत्तले पनि यस वर्ष कांग्रेसको तर्फबाट हरियाणाको कर्नालबाट चुनाव लड्ने चर्चा खुबै चलिरहेकाे छ। तर, सञ्जयले एक ट्विट गर्दै यो खबरलाई अफवाह भनेका छन्।

सञ्जयले लेखेका छन्, ‘म सबैलाई भन्न चाहन्छु कि म न त कुनै पार्टीमा आइरहेको छु, न चुनाव नै लडिरहेको छु। म कुनै पार्टीमा प्रवेश गरेँ वा चुनाव लडेँ भने म पहिला तपाइँलाई भन्छु। यी सबै अफवामा ध्यान नदिनुहोस्।’

यसअघि सन् २००९ मा सञ्जय समाजवादी पार्टीमा प्रवेश गरेका थिए। तर, पछि उनले पार्टीको महासचिव पदबाट राजीनामा दिएका थिए।

२०१९ मा उनी राष्ट्रिय समाज पार्टीमा प्रवेश गर्ने खबर आएको थियो। त्यतिबेला सञ्जयले विज्ञप्ति जारी गर्दै आफू राजनीतिमा नआउने बताएका थिए।

सञ्जयका पिता सुनील दत्त कांग्रेस पार्टीबाट सांसद थिए। र २००४-२००५ मा युवा मामिला तथा खेलकुद मन्त्री समेत बनेका थिए।

सञ्जय पछिल्लो पटक थलापती विजयको अपोजिटमा तमिल फिल्म ‘लियो’ मा देखिएका थिए। चाँडै उनी तेलुगु फिल्म ‘डबल आई स्मार्ट’, कन्नड फिल्म ‘केडी-द डेभिल’ र ‘वेलकम टु द जंगल’ मा देखिनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .