स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’को छायाङ्कन सकिएको छ। सोमबार चितवनको मेघौली गाउँमा ३४ दिनमा फिल्मको सुटिङ इन्डक्ल्याप गरिएको निर्माण टिमले जनाएको छ।
अभिनेत्री स्वस्तिमाले यस फिल्ममार्फत निर्मात्रीमा डेब्यु गर्दै छिन्। स्वस्तिमा खड्कासहित फिल्ममा निर्देशक तथा कलाकार निश्चल बस्नेतको पनि लगानी हुनेछ।
कमेडी-सोसल जनरामा बनेको यस फिल्मलाई सजन काफ्ले र आकाश बरालले निर्देशन गरेका हुन्। फिल्ममा स्वस्तिमा र निश्चलसहित विजय बराल, सिम्रन खड्का, आमिर गौतमलगायतका कलाकारको अभिनय रहनेछ।
फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का रहेका छन्। आगामी वर्षको दशैँमा रिलिज गर्ने निर्माण टिमको लक्ष्य रहेको छ।
123
Shares
प्रतिक्रिया