कला


शाहरुखपछि अब आमिर खान पनि डनको भूमिकामा देखिँदै

शाहरुखपछि अब आमिर खान पनि डनको भूमिकामा देखिँदै

नेपालखबर
बैशाख १७, २०८१ सोमबार १५:१, काठमाडौँ

बलिउड अभिनेता आमिर खान यतिबेला चर्चामा छन्। ‘द ग्रेट इन्डियन कपिल शो’ मा सहभागी हुँदा आमिरले धेरै कुरा खुलाएका थिए। जसमा उनले आगामी प्रोजेक्टबारे समेत जानकारी दिए।

आमिर खानका भतिज इमरान खानले ९ वर्षअघि ‘जाने तू या जाने ना’ बाट बलिउडमा डेब्यु गरेका थिए। यो फिल्म आमिर खानको निर्देशनमा बनेको हो। तर, केही वर्षपछि इमरानले अभिनयबाट टाढा भए।

तर सार्वजनिक भएको जानकारी अनुसार इमरान अब बलिउडमा फर्कन तयार छन्। उनलाई ल्याउने जिम्मेवारी आमिर खानले लिएका छन्।

आमिर खान ‘ह्याप्पी पटेल’ नामको फिल्म बनाउँदैछन् । यस फिल्मको मुख्य कलाकार इमरान खान हुनेछन्। इमरानको कमब्याकसँगै यो फिल्मले उनको रोकिएको करियरलाई अगाडि बढाउन सहयोग गर्नेछ। आमिरले फिल्म बनाउनुका साथै अभिनय पनि गर्नेछन्।

कमेडी जनरामा बन्ने ‘ह्याप्पी पटेल’ मा आमिर खान क्यामियो रोलमा देखिनेछन्। उनको भूमिका डनको हुनेछ। ‘डन’ बलिउडको चर्चित पात्र हो। अमिताभ बच्चनपछि शाहरुख खानले यो भूमिका खेलेर निकै चर्चा पाएका थिए। अब यो सूचिमा आमिर खानको नाम पनि थपिने भएको छ।

आमिर आगामी फिल्म ‘सितारे जमिन पर’ मा देखिँदैछन्। आमिरसहित जेनेलिया डिसुजाको मुख्य भूमिका रहेको यो फिल्म आउँदो डिसेम्बरमा रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .