कला


‘पूर्ण बहादुरको सारङ्गी’ मा जोडिए मुकुन भुषाल

‘पूर्ण बहादुरको सारङ्गी’ मा जोडिए मुकुन भुषाल

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार १२:५६, काठमाडौँ

अभिनेता मुकुन भुषाल फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएका छन्। फिल्म निर्माण टिमले मुकुनसँग केहिदिनअघि मात्रै लिखित सम्झौता गरेको हो।

फिल्ममा मुकुनको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन। फिल्मका लागि कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ।

पहिलो फिल्म ‘बुलबुल’ बाट चर्चा कमाएर बेग्लै छवि बनाएका अभिनेता मुकुनलाई आफूहरुले कल्पना गरेको पात्रलाई उम्दा गरेर देखाउने विस्वस्तका साथ अनुबन्धित गराइएको निर्माता विनोद पौडेलले जानकारी दिए।

‘पूर्ण बहादुरको सारङ्गी’ मा पनि उनलाई शीर्षमध्येको भूमिकामध्य एक महत्वपूर्ण पात्रमा देख्न सकिने उनको भनाइ छ।

अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको याे फिल्ममा सअघि गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भइसकेका छन्।

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएसँगै मुकुनले भने, ‘एउटा कलाकारमा फरक चरित्रको भोक सधैँ रहन्छ। मैले यसमा पाएको भूमिका साँच्चिकै विशेष छ। यसबाट सबैले केही नयाँ परिचय पाउनु हुने छ, फिल्मलाई लिएर उत्साहित छु।’

सोसल–ड्रामा बन्ने फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन्। जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको लागि अभिनेता फाइनल भए पनि निर्माण पक्षले अभिनेत्री र अन्य कलाकारका बारेमा खुलाएको छैन।

यो फिल्मको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ। फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ।

रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन्। महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .