शुक्रबारबाट रिलिज भएको बलिउड फिल्म ‘श्रीकान्त’ अहिले चर्चामा छ। राजकुमार राव स्टारर फिल्मले समीक्षक तथा दर्शकबाट राम्रो प्रशंसा बटुलिरहेको छ।
यस फिल्मले पहिलो दिन २ करोड २५ लाखको ओपनिङ गरेको छ। दुईदिनमा ६ करोड २५ लाख भारतीय रुपैयाँ कमाएको छ।
शनिबार ‘श्रीकान्त’को कलेक्सन झण्डै ८० प्रतिशतले बढेको छ। फिल्मले रिलिजको दोस्रो दिन चार करोड भारु कमाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। बलियो वर्ड अफ माउथ पब्लिसिटीले फिल्मको व्यापारमा सहयोग गरिरहेको छ।
तुषार हिरानंदानी निर्शित यस फिल्ममा राजकुमार राव, ज्योतिका र अलाया एफको अभिनय छ।
यो उद्योगपति श्रीकान्त बोलाको बायोपिक हो। फिल्मले दृष्टिविहिन उद्योगपती तथा बोलन्द इडस्ट्रीजका संस्थापक श्रीकान्तको जीवनको संघर्षको कथा भन्छ।
18
Shares

प्रतिक्रिया