कला


कौसी थिएटरमा जेठ ३ बाट ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुँदै

कौसी थिएटरमा जेठ ३ बाट  ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुँदै

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १३:४०, काठमाडौँ

टेकुस्थित कौसी थिएटरमा नाटक ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुने भएको छ। यो नाटक आगामी जेठ ३ गतेदेखि २६ सम्म चल्नेछ।

यो नाटक रसियन-अमेरिकन लेखक अयन र्‍यान्डको नाटक ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’ मा आधारित छ। रङ्गकर्मी राजकमल फकिरको नाटकको निर्देशन तथा डिजाइन हुनेछ।

निर्देशक फकिरका अनुसार यो नाटकले अग्रवाल इन्भेस्मेन्ट भेन्चरका सञ्चालक राधेश्याम अग्रवाल पात्रको १९ औं तलाबाट खसेर मृत्यु भएपछिको अदालतमा उनको हत्या हो कि आत्महत्या भन्ने बहस प्रस्तुत गरिनेछ।

रहस्य र थ्रीलर जनरामा बन्ने नाटकको ध्वनि संयोजन नरेश गजुरेलले गर्नेछन्। यस नाटकमा विजय ताम्राकार, आभास अधिकारी, समापिका गौतम, बासना तिमल्सिना, रुपेश लामा, सागर दाहाल, जेम्स ढकाल, अशोक गौतम, नवीन चन्द्र अर्याल, अरुण पौडेल, सुष्मा निरौला, मनिष ब्यन्जु, सदिन लुइँटेल, रौनक कार्की, विजया पौडेल, इशा सिजाली लगायतको अभिनय छ।

फकिर ड्रिमको प्रस्तुति रहेको नाटकमा प्रकाश व्यवस्थापन आशान्त शर्माको रहने छ। नाटक मंगलबार बाहेक साताको प्रत्येक दिन बेलुका साढे पाँच बजे मञ्चन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad