सरकारले हलिउड तथा बलिउड लगायतका अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा फिल्म छायाङ्कनका लागि आकर्षित गर्ने नीति ल्याउने भएको छ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैँ आउँदो आर्थिक वर्षमा अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा छायाङ्कनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवर्द्धन गरिने बताएका हुन्।
यसअघिको बजेटमा पनि सरकारले नेपाललाई छायाङ्कन थलोको रुपमा विस्तार गर्ने उल्लेख गरेको थियो।
9
Shares

प्रतिक्रिया