ad ad

कला


निधनपछिका दृश्य समेट्दै भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ पुन: प्रदर्शन हुने

निधनपछिका दृश्य समेट्दै भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ पुन: प्रदर्शन हुने

नेपालखबर
जेठ ६, २०८१ आइतबार १२:१२, काठमाडौँ

गायक भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’ पुन: प्रदर्शन हुने भएको छ।

१३ वर्षपछि ‘आचार्य’ आगामी असार ७ गते फेरि रिलिज हुन लागेको हो।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबीच फिल्मको मिति तय गरिएको हो।

कवि शिरोमणि भक्तराज आचार्यको गत फागुनमा निधन भएको थियो। यो फिल्म नेपालसहित विदेशमा एकसाथ प्रदर्शन हुनेछ।

नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले सिनेमा वितरणको जिम्मा लिएको हो।

यस फिल्ममा गायक आचार्यको भूमिकामा उनकै जेठा छोरा सत्यराज आचार्य देखिएका छन्।

फिल्मका निर्माता पनि सत्यराज नै हुन्। पहिलोपटक सिनेमा रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको आचार्यले बताए।

उनका अनुसार यो फिल्म नयाँ सिनेमाजस्तै गरी रिलिज गरिनेछ। आगामी साता ट्रेलर रिलिज गरिने फिल्मको असार ५ गते भव्य प्रिमियर शोको आयोजना गरिनेछ।

प्रशान्त रसाइली निर्देशित फिल्ममा सत्यराजसहित सुनील पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ।

भजन शिरोमणि भक्तराज आचार्यलाई श्रद्धाञ्जली स्वरुप सिनेमा पुनः रिलिज गर्न लागेको छोरा स्वरुपराज आचार्यले बताए।

‘सायद त्यो बेला यो सिनेमाका लागि सही समय थिएन होला। अहिले एकदमै उपयुक्त समय लागेकाले सिनेमा पुन: रिलिज गर्न लागिएका हो। यो बुबाप्रतिको ट्रिब्युट पनि हो’, उनले भने ।

फिल्ममा गायक आचार्यको जीवनका अनेक पाटाहरु केलाइएको छ। उनले पाएको सफलता, उनले गरेको संघर्षदेखि भोगेका दुःखको कथामा फिल्ममा छ।

२०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो। डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो। यसपछि उनको सुर र स्वर गुम्न पुग्यो। त्यो घटनालाई पनि यो सिनेमाले देखाउँछ।

सिनेमाको निर्माण टिमले दिएको जानकारीअनुसार सिनेमाको ट्रिमिङ तथा पुन सम्पादनको काम टुल्की निर्देशक देवजंग थापाले गरेका हुन्।

सिनेमामा भजन शिरोमणि तथा वरिष्ठ गायक भक्तराज आचार्यको निधन पश्चात्‌का फुटेजहरू पनि समावेश गरिएका छन्।

यसपटक आफूहरूले दर्शकलाई पूर्ण रूपमा बायोपिक सिनेमा देखाउन खोजेको अभिनेता सत्यराज आचार्यले बताए।

सिनेमाका निर्माता रोशन राई हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .