ad ad

कला


अनमोलबारे निश्चलको तारिफ- ‘फर्की फर्की’ मा अहिलेसम्मकै उत्कृष्ट अभिनय

अनमोलबारे निश्चलको तारिफ- ‘फर्की फर्की’ मा अहिलेसम्मकै उत्कृष्ट अभिनय

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १२:२०, काठमाडौँ

अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’ जेठ १० गते रिलिज हुँदै छ। चर्चामा रहेको यस फिल्मको अग्रिम टिकट बुकिङ पनि खुलिसकेको छ। मल्टिप्लेक्स हलहरूले फिल्मलाई उत्साहजनक ‘सो’ दिएका छन्।

यसैबीच, निर्देशक निश्चल बस्नेतले ‘फर्की फर्की’ को बारेमा तारिफ गरेका छन्। निश्चलले रिलिजअगावै फिल्म हेरेर फिल्मको समीक्षा गरेका हुन्।

उनले फेसबुकमा स्टाटस लेख्दै अनमोलले यस फिल्ममा अहिलेसम्मकै उत्कृष्ट अभिनय गरेको उल्लेख गरेका छन्।

‘फर्की फर्की हेरियो। मज्जा आयो फिल्म हेरेर, रमाइलो टाइम लुप हेर्न मन भए बुकिङ खुलिसक्यो है। सुयोग गुरुङ, कडा छ डाइरेक्सन। मलाई मन पर्‍यो। नरेन्द्र मैनाली, सिनेम्याटोग्राफी बबाल छ। अनमोलको अहिलेसम्मकै उत्कृष्ट अभिनय। रोहित अधिकारी बोरा छ नि पैसा राख्नलाई?’

सुयोग गुरुङको निर्देशन र कथा रहेको फिल्ममा अनमोलसहित जसिता गुरुङ, रवि काफ्ले र समृद्धि अर्याल मुख्य भूमिकामा छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .