ad ad

कला


कमेडी फिल्ममा पहिलोपटक सारासँग देखिँदै आयुष्मान खुराना

कमेडी फिल्ममा पहिलोपटक सारासँग देखिँदै आयुष्मान खुराना

नेपालखबर
जेठ ९, २०८१ बुधबार १३:२९, काठमाडौँ

बलिउड अभिनेता आयुष्मान खुरानाले छिट्टै करण जोहरसँग काम गर्दै छन्। उनी धर्मा र सिख्य इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनलागेको चलचित्रमा देखिने भएका हुन् ।

यसमा आयुष्मान र सारा अली खानको मुख्य भूमिका रहनेछ। यही फिल्ममार्फत दुवैले पहिलो पटक एकसाथ स्क्रिन सेयर गर्दै छन्।

मंगलबार फिल्मको घोषणा गर्दै निर्माण पक्षले नयाँ फिल्मबारे जानकारी दिएको छ। 

यो एक एक्सन कमेडी फिल्म हो जसको शीर्षक भने टुंगिन बाँकी छ। निर्माण पक्षले छिट्टै फिल्मको नाम घोषणा गर्ने बताइएको छ।

आकाश कौशिकको कथा रहेको फिल्मको छायाङ्कन सुरू भइसकेको छ। उनी यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्दै छन्। उनले यसअघि ‘भुलभुलैया २’ को स्क्रिप्ट लेखिसकेका छन् ।

धर्मा र सिख्यको यो तेस्रो चलचित्र हो। यसअघि दुवै ब्यानरले मिलेर ‘ग्यारह–ग्यारह’ र ‘किल’ जस्ता वेब सिरिज निर्माण गरिसकेका छन् ।

करण र सारा दुवैसँग आयुष्मानको यो पहिलो फिल्म हो। फिल्मसँग सम्बन्धित बाँकी स्टारकास्ट छिट्टै घोषणा गरिनेछ।

आयुष्मानको पछिल्लो फिल्म ‘ड्रिम गर्ल २’ २०२३ मा रिलिज भएको थियो। यो वर्ष अहिलेसम्म सारा ‘मर्डर मुबारक’ र ‘ए वतन मेरे वतन’ जस्ता फिल्ममा देखिएकी छिन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .