कला


फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक, पूजालाई लेडी टाइगरको रुपमा चित्रण

फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक, पूजालाई लेडी टाइगरको रुपमा चित्रण

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १६:७, काठमाडौँ

आगामी असार ७ गतेबाट प्रदर्शन हुने फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा बिहीबार एक कार्यक्रमबीच २ मिनेट ४० सेकेन्डको ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा फिल्मकी मुख्य अभिनेत्री पूजा शर्माको एक्सन अवतार देख्न सकिन्छ। साथै पूजा र नवनायक कुन्साङ बोम्जनबीचको प्रेमले पनि ट्रेलरमा स्थान पाएको छ।

कुन्साङको हत्यापछि उनको हत्याको बदला लिन पूजालाई एक्सन रुपमा प्रस्तुत गरिएको बुझ्न सकिन्छ। ट्रेलरमा पूजालाई ‘लेडी टाइगर’का रुपमा चित्रण गरिएको छ ।

कार्यक्रममा पूजाले फिल्मको टिजर र एक्सन सिक्वेन्सको तस्वीर सार्वजनिक भएपछि सञ्चारमाध्यममा आफूलाई ट्रोल बनाइएकोमा गुनासो गरिन्।

‘मेरो एक्सनलाई देखावटी भनेर समाचार पनि आयो। तर मैले फिल्मका लागि कतिसम्म एक्सन दृश्य दिएको छु भन्ने कुरा दर्शकले फिल्म हेरेपछि थाहा पाउनुहुनेछ’, उनले भनिन् ।

पूजाले आफूले ट्रेलर हेरिरहँदा ती दृश्य कसरी गरेँ भन्ने आफूलाई लागेको सुनाइन्।

‘अब म अरुको आलोचना सुन्नुभन्दा कामले नै जितेर देखाउँछु भन्ने अठोटमा छु । हिरोइनले पनि एक्सन सिक्वेन्स गर्न सक्छन् भन्ने दान्भीमा देखाएको छु’, उनले भनिन् ।

नवनायक कुन्साङले दर्शकले ‘दान्भी’मा नयाँ एक्सन जनरा पाउने बताए। फिल्मका द्वन्द्व निर्देशक श्री श्रेष्ठले पूजाको टाइमिङ र उनको मेहनतले ‘दान्भी’मा एक्सन गर्न सजिलो भएको भनाइ छ। निर्देशक रुपेश तामाङले फिल्म राम्रो बनेकोमा आफू ढुक्क रहेको सुनाए।

नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको फिल्ममा विशाल पहाडी, किरण श्रेष्ठ, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ।

पवन राना मगर कार्यकारी निर्माता रहेको फिल्मको देव मगर तथा अनुप गडाल निर्माता हुन्। फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।

सन्जोग कुँवर रानाको पटकथा तथा संवाद रहेको फिल्मको रविना थापा मगरको हो। हरिप्रसाद घलेको छायाङ्कन रहेको फिल्ममा, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad