कला


चित्लाङबाट थालियो जितु र नीतिको फिल्म ‘ज्वाइँ साब’को सुटिङ

चित्लाङबाट थालियो जितु र नीतिको फिल्म ‘ज्वाइँ साब’को सुटिङ

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १३:१२, काठमाडौँ

जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’को छायांकन सुरु भएको छ। शुक्रबार बिहान मकवानपुरको चित्लाङमा भैरव मन्दिरमा पूजा गर्दै सुटिङ थालिएको हो।

वसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्ममा जितु र नीतिसहित बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, दीपक आचार्य, शिवु पाण्डेलगायतले अभिनय गर्ने छन्।

चित्लाङमा यो फिल्मको सुटिङ २० दिनसम्म गरिनेछ। त्यसपछि सौराहा र इलाममा सुटिङ गर्ने योजना छ।

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यस फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ। सविन अधिकारीको कथा रहेको फिल्मको पटकथा तथा संवाद शंकर धितालले लेखेका हुन्।

फिल्म रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्म्सको ब्यानरमा बन्न लागेको हो।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्म आउने गामी वर्षको तिहारमा रिलिज गर्ने योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad