सिने सर्कल अवार्डको ७ औं संस्करणमा ‘दिमाग खराब’ ले उत्कृष्ट फिल्मसहित पाँचवटा विधामा अवार्ड जितेको छ। यसै फिल्मबाट निश्चल बस्नेतले उत्कृष्ट निर्देशकको अवार्ड जित्दा स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भइन्।
दिमाग खराबबाटै सुसन प्रजापति उत्कृष्ट सिनेमा टोग्राफर हुँदा निमेश श्रेष्ठले उत्कृष्ट सम्पादन तर्फको अवार्ड हात पारे। गत कार्तिक २४ गतेबाट रिलिज भएको यस फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो।
उपेन्द्र सुब्बा निर्देशित ‘जारी’ ले पनि उत्कृष्ट पटकथासहित ४ विधामा अवार्ड जित्न सफल भएको छ। सौरभ चौधरीको अगस्त्यले पनि ३ उत्कृष्ट अवार्ड जितेको छ।
त्यसैगरि, पुराना दृश्य सम्पादक नरेन्द्र खड्का र मेकअप म्यान अशोक रोक्कालाई ५१ हजार रुपैयाँसहित दीर्घ साधना सम्मान प्रदान समेत गरिएको छ। जुरी सदस्यमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, संगीतकार सुरेश अधिकारी, द्वन्द निर्देशक एनबी महर्जन, निर्देशक दिनेश डिसी र पत्रकार कृष्ण भट्टराई थिए ।
यस्तो छ विजेताहरूको सूची
जोडी : दयाहाङ राई र मिरुना मगर (जारी)
छायांकार : सुशन प्रजापति (दिमाग खराब)
खलनायक : प्रमोद अग्रहरी (अगस्त्य)
पटकथाः उपेन्द्र सुब्बा (जारी)
नव–निर्देशक : उपेन्द्र सुब्बा (जारी)
पोस्टर डिजाइनर : राकेश दाहाल (बुलाकी)
स्टन्ट : लक्ष्मण सेन्चुरी (काँडेतार)
भीएफएक्स : अनुपम गौतम शर्मा (उपहार)
पाश्र्व गायक : निशान भट्टराई (परदेशी २)
पाश्र्व गायिका : अञ्जु पन्त (बगान)
द्वन्द निर्देशक : श्री श्रेष्ठ (अगस्त्य)
कोरियोग्राफर : रामजी लामिछाने (नाङ्गो गाउँ)
संगीतकार : सुबास भुसाल (बगान)
निमेष श्रेष्ठ : (दिमाग खराब))
ट्रेण्ड सेटर्स अवार्ड : रामबाबु गुरुङ (निर्देशक) तथा (प्रदीप भट्टराई)
ग्रस कलेक्सन अवार्ड : जारी
अभिनेता : सौगात मल्ल (अगस्त्य)
अभिनेत्री : स्वस्तिमा खड्का (दिमाग खराब)
निर्देशक : निश्चल बस्नेत (दिमाग खराब)
फिल्म : दिमाग खराब
क्रिटिक्स अवार्ड
अभिनेता : नरेन खड्का (बुलाकी)
अभिनेत्री : सुरक्षा पन्त (बुलाकी)
निर्देशक : प्रदीप शाही (अन्तिम संस्कार)
Shares

प्रतिक्रिया