नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ। यो फिल्म आगामी असोज ३ गते संविधान दिवसको अवसरमा रिलिज हुन लागेको हो।
यसअघि असोज ११ का लागि मिति तय गरिएको थियो। तर, यतिखेर प्रोस्ट प्रोडक्सनमा रहेको फिल्मको रिलिज डेट एकहप्ताअघि सारिएको हो। टिमको सल्लाहअनुसार फिल्मको मिति हेरफेर गरिएको निर्माण टिमले जनाएको छ।
नीतासहित हरिहर अधिकारीको लगानी रहेको फिल्मको यतिखेर धमाधम डबिङको काम चलिरहेको छ। चन्द्र पन्नको निर्देशन रहेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन्।
फिल्ममा नीता र हरिहरसहित विपना थापा, सरोज खनाल, गरिमा शर्मा, रवीन्द्र झा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ लगायतले अभिनय गरेका छन्।
त्यसैगरी फिल्ममा भारतीय कलाकारहरु ब्रह्मानन्दम, अली, सुनिल बर्मा, प्रदीपराज रावत लगायतको अभिनय गरेका छन्। यस फिल्मलाई भारतीय सिनेम्याटोग्राफर कविरलालले खिचेका हुन्।
फिल्मको छायांकन दुई चरणमा भएको छ। पहिलो चरणको छायांकन भारतमा र दोस्रो चरणको नवलपरासी, चितवनमा गरिएको थियो।
Shares

प्रतिक्रिया