पछिल्लो समय युट्युवमा अपाच्य र द्वीअर्थी दोहोरी आउने क्रम बढ्दो छ।
दोहोरीमा देखिएको यस्तै विकृति न्यूनिकरण गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पहल सुरु गरेको छ।
यसरी स्पष्टीकरण सोधिएकामा शर्मिला रायमाझी, नवीना सिलवाल ‘खुईली’, रिया खड्का, शंकर सुनार, नवराज काप्री ‘धादिङे भाले’, सुशीला लामा, तारा थापा, सागर बीसी, सीताराम परियार, सलिना नेपाल, विशाल सोनी र गोपाल नेपाल ’जीएम’ कलाकार रहेका छन्।
यीमध्ये केहीलाई प्रत्यक्ष दोहोरी र केहीलाई अफिसियल गीतमा विकृति भित्राएको भन्दै स्पष्टीकरण सोधिएको हो। युट्युव लगायत श्रव्यदृश्य प्लाटफर्मबाट त्यस्ता गीतलाई ७ दिनभित्र हटाउन समेत प्रतिष्ठानले चेतावनी दिएको छ।
प्रतिष्ठानले दुई साताअघि विज्ञप्ति जारी गर्दै अपाच्य शैलीका दोहोरी बन्द गराउन सम्बन्धित कलाकार, स्टुडियो र युट्युब च्यानल सञ्चालकलाई सचेत गराएको थियो।
गतसाता मात्रै प्रतिष्ठानले केन्द्रिय सदस्य समेत रहेका गायक बालचन्द्र बराललाई ६ महिनाको लागि निलम्बन गरेको थियो।
Shares

प्रतिक्रिया