कला


मलिका अभिनित ‘सतीदेवी’को टिजरमा समाजलाई प्रश्न (भिडिओ)

मलिका अभिनित ‘सतीदेवी’को टिजरमा समाजलाई प्रश्न (भिडिओ)

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १४:२६, काठमाडौँ

लक्ष्मण सुवेदीको फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक भएको छ।

सार्वजनिक टिजर मुख्य अभिनेत्री मलिका महतवरिपरि घुम्छ। 

घरकी जेठी छोरी हुन्छिन् मलिका। उनकी आमाले छोरा पाउने आशमा निरन्तर सन्तान पाउँछिन्।

तर, छोरी मात्रै हुँदा उनका बुवाले आमालाई गाली गर्छन् र बेस्सरी कुट्छन्।

जसले मलिकासहितका दिदीबहिनीले परिवारमा हेला र दु:ख खेप्नुपरेको छ। 

छोरा पाउने आशमा छोरी जम्माइरहने र छोरा नहुँदा परिवार र समाजले गर्ने तुच्छ व्यवहारलाई टिजरले समेटेको छ। छोरीको अस्तित्व स्वीकार गर्न नसक्ने पितृसत्ताम्मक सोचमा पनि फिल्मले प्रश्न गरेको टिजरबाट थाहा हुन्छ। 

यो फिल्म आगामी साउन ४ गतेदेखि रिलिज हुँदै छ। फिल्ममा मलिकाका साथै भोलाराज सापकोटा, कुलदीप अधिकारी, हर्षिका वली, सिर्जना अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी र मनिषा सापकोटाले अभिनय गरेका छन्।

रिलिजअगावै थुप्रै अवार्ड जितिसकेको यो फिल्म दिलासा र साराको ब्यानरमा निर्माण भएको हो। फिल्ममा सुवेदीकै निर्माण र लेखन छ।

सामाजिक कथामा निर्माण भएको चलचित्रले देशमा जति नै परिवर्तन आए पनि परिवर्तित हुन नसकेको महिलाको कथालाई विषय बनाएको छ।

बाबुछोरीको कथासमेत भन्ने चलचित्रले समाजमा हुने छोराको चाहना, छोरीको महत्त्वलगायत विषय देखाउने निर्देशक सुवेदीले बताए।

हेर्नुहोस् टिजर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad