सुशील श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘आउट लः दफा २१९’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा एक्सनले भरिपूर्ण छ।
जहाँ सुशील एंग्री योङ म्यान र एक्सन अवतारमा देखिएका छन्।
यस फिल्ममा ‘मस्ट वान्टेड’ घोषणा गरिएको एक कैदी जेलबाट फरार भएपछि त्यसको खोजीमा निस्किएको प्रहरीको सर्च अप्रेसनको कथा छ।
चारवर्षपछि फिल्ममा कमब्याक गरेका सुशीलको भूमिकाले दर्शकमाझ कौतहलता पैदा गर्छ।
‘लभ डायरिज’ सुशीलले खेलेको पछिल्लो फिल्म हो।
अमित अग्रहरीको निर्माणमा तयार भएको यस फिल्ममा विक्की महर्जनको निर्देशन रहेको छ। विक्की महर्जनकै लेखन रहेको असोजको ३ गतेबाट रिलिज हुनेछ।
यस फिल्ममा सुशीलसहित नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय छ।
विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन्। नविन गुरुङको डीओपी रहेको यो फिल्ममा साहिल खानको सम्पादन छ।
चुल्ठे काजीको एक्सन रहेको फिल्मका प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे हुन्। यो फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ।
Shares

प्रतिक्रिया