टेकुस्थित कौसी थिएटरमा नाटक ‘काँचो धागो’ मञ्चन हुने भएको छ। आशान्त शर्माको निर्देशन रहेको नाटक भदौ ६ गतेबाट मञ्चन हुनेछ।
रंगकर्मी आशान्त शर्माले एक पोस्टर सार्वजनिक गर्दै मञ्चन मितिबारे जानकारी गराएका हुन्। यो नाटक भदौ २९ गतेसम्म चल्नेछ।
शर्माकै परिकल्पना बनेको नाटक रंगकर्मी मुक्तिको लेखनमा बनेको हो। कथाघेरासँगको सहकार्य रहेको नाटक वेयज प्राइभेट लिमिटेड नाट्य समूहले प्रस्तुत गर्न लागेको हो।
नाटकले मानिसका विभिन्न सम्बन्धहरुबारे चित्रण गर्नेछ। हाल यस नाटकको कौसी थिएटरमा रिहर्सल भइरहेको छ।
नाटकमा मुक्तिसँगै आयुश्मा मगर, निशान खत्री, रसिक राज, सम्राट भुजेल, सागर दाहाल, निष्ठा त्रिपाठी, पूर्णिमा आचार्य, मिरा खड्का, कविर काफ्का र कृष राईको अभिनय रहनेछ।
288
Shares

प्रतिक्रिया