कला


शाहरुखको ‘जवान’लाई पछि पार्दै धेरै कमाउने चौथौ फिल्म बन्यो प्रभासको ‘कल्की २८९८ एडी’

शाहरुखको ‘जवान’लाई पछि पार्दै धेरै कमाउने चौथौ फिल्म बन्यो प्रभासको ‘कल्की २८९८ एडी’

नेपालखबर
साउन २४, २०८१ बिहिबार १३:४९, काठमाडौँ

प्रभास स्टारर दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ सर्वाधिक कमाउने चौथो भारतीय फिल्म बनेको छ।

शाहरुख खानको फिल्म ‘जवान’लाई पछि पार्दै घरेलु बक्सअफिसमा सर्वाधिक कमाउने चौथो फिल्म बनेको हो।

‘कल्की २८९८ एडी’ ले भारतमा रिलिजको ४० दिनपछि सबै भाषामा ७६० करोड भारतीय रुपैयाँ ग्रस कमाइ कमाउँदा नेट कमाइ भने ६४० करोड भारु छ।

‘जवान’को ग्रस कमाइ ७६० करोड थियो। फिल्मले नेट र ग्रस दुवै कलेक्सनमा ‘जवान’लाई उछिनेको छ।

हिन्दी संस्करणमा भने ३५० करोड ग्रस ९२९० करोड नेट० कमाएको छ। तेलुगु संस्करणमा भने ३३५ करोड कमाउँदा तमिल, मलयालम र कन्नड संस्करणमा लगभग ७५ करोड भारुको व्यापार छ। 

यद्यपि, बाहुबली २ प्रभासको करिअरको सर्वाधिक कमाइ गर्ने फिल्म हो, जसको लाइफटाइम कलेक्सन १०३०।४२ करोड भारु छ। ‘कल्की २८९८ एडी’ ले यश स्टारर केजीएफ ‘केजीएफ २’ र एसएस राजामौलीको ‘आरआरआर’ को समग्र संग्रहलाई पनि पार गर्न सकेको छैन।

यो फिल्म प्रभाससहित यस फिल्ममा दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसन मुख्य भूमिकामा छन्। नाग अश्विनको निर्देशनमा बनेको यो फिल्म भगवान् विष्णुको कल्की अवतार देखाउने प्रयास गरिएको छ। सन् २०२० मा निर्माण घोषणा गरिएको यो फिल्म ६०० करोड भारतीय रुपैयाँमा बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad