ad ad

कला


‘छक्का पञ्जा ५’ र ‘ज्वाँइ साब’ को प्रदर्शन मितिबारे ‘माग्ने बुढा’ले भने– वार्ता र संवादबाट हल हुन्छ

‘छक्का पञ्जा ५’ र ‘ज्वाँइ साब’ को प्रदर्शन मितिबारे ‘माग्ने बुढा’ले भने– वार्ता र संवादबाट हल हुन्छ

नेपालखबर
साउन २९, २०८१ मंगलबार १६:२१, काठमाडौँ

हाँस्य टेलिश्रृङ्खला हुँदै ठूलो पर्दामा एकैसाथ सहकार्य गरेर अघि बढेका कलाकार हुन्– दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे)।

एकपछि अर्को हिट सिरिज दिँदै गएको यो टीम ‘छक्का पञ्जा’ बाट चलचित्र क्षेत्रमा उदाएको हो। पछिल्लो समय छक्का पञ्जाको टिमबाट जितुले हात झिकेपछि उनीहरूका सम्बन्धबारे विभिन्न टिकाटिप्पणी सुरु हुन थालेका छन्। 

यसैबीच, जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ असोज २४ गतेबाट रिलिज रिलिज हुँदैछ। सोही मितिमा दीपक र केदार अभिनित चलचित्र ‘छक्का पञ्जा ५’ले पनि प्रदर्शनको मिति तोकेको छ। 

‘छक्का पञ्जा ५’ टिमले यसअघि नै असोज २४ को मिति घोषणा गरेको थियो।

जितु भने अहिले आफ्नै टिम बनाएर काम गर्छन्।

उनको चलचित्र ‘ज्वाइँ साब’ र ‘छक्का पञ्जा ५’ एउटै मितिमा प्रदर्शनमा आउने भएपछि चलचित्र क्षेत्रमा हल्लाखल्ला बढेको छ। 

सोमबारमात्रै ‘छक्का पञ्जा ५’को पहिलो गीत सार्वजनिक भएपछि जितुले बधाई दिँदै भनेका छन्, ‘बधाई अनि सुभकामना दिपा दिदी दिपक जी लगाएत सम्पुर्ण टिमलाई।’

‘छक्का पञ्जा’ टिमसँगै काम गर्दै जितुले ‘मुन्द्रेको कमेडी क्लब’ कार्यक्रममा अध्यक्ष रहेकी दीपाश्रीलाई हटाएर करिष्मा मानन्धरलाई ल्याएपछि उनीहरूको सम्बन्धमा चिसोपना आएको थियो।

त्यसपछि जितु उक्त टिमबाट बाहिरिए।

एउटै मितिमा प्रदर्शन हुन लागेको यी दुई चलचित्रले ल्याएको तरंगलाई लिएर कलाकार केदार घिमिरेले फेसबुकमा स्टाटस लेखेका छन्।

उनले हास्य कलाकारहरूबीच यस्तो खाले द्वन्द्ध अहिलेसम्म नभएको बताउँदै वार्ताको माध्यमबाट समाधान हुने उल्लेख गरेका छन्।

‘हाँस्य कलाकारहरूको बिचमा यस्तो कन्फ्लिक्ट अहिलेसम्म कहिल्यै भएको छैन र यो पनि वार्ता र संवादको माध्यमबाट हल हुनेछ। केदार प्रसाद घिमिरेले बताए। समाचार सकियो,’ उनले भनेका छन्। 

घिमिरेको यो स्टाटसले एउटै मितिमा फिल्म नजुधाउनेबारे कुराकानी भइरहेको संकेत गर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .