फिल्म ‘कार्साङ’को छांयाकन सिन्धुपाल्चोकमा धमाधम भइरहेको छ।
यसैबीच सेटबाट मुख्य दुई कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ।
जुन तस्बिरमा अभिनेता दयाहाङ राई र सिर्जना निङ्लेखु छन्। उनीहरू जोडीको भूमिकामा छन्।
रैथाने चरित्रमा देखिएका दयाहाङ यस फिल्ममा शेर्पा समुदायको पात्र बनेका छन्।
त्यसैगरी निर्माण टिमले सम्पूर्ण कलाकारको नाम पनि सार्वजनिक गरेको छ।
दयाहाङको अपोजिटमा देखिएकी सिर्जनाले यसै फिल्मबाट डेब्यु गर्दैछिन्। केही म्युजिक भिडिओमा काम गरिसकेकी सिर्जना ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता हुन्।
फिल्ममा जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पाको अभिनय छ।
यम शेर्पाले निर्देशन गर्ने फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन्।
फिल्मको कथा, पटकथा तथा संवाद शेर्पाले नै लेखेका हुन्। शेर्पाले यसअघि थुप्रै सर्ट फिल्म निर्देशन गरिसकेका छन्।
यसै फिल्मबाट उनी पनि निर्देशनमा डेब्यु गर्दै छन्।
Shares

प्रतिक्रिया