आज (शुक्रबार)देखि सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ हलमा लागेको छ। गतवर्ष वैशाख १ गते रिलिज भएको यो फिल्म पुनः प्रदर्शनमा आएको हो।
लक्ष्मण सुनार निर्देशित यस फिल्ममा सुरक्षासहित नरेन खड्का, विराज विष्ट र सरस्वती खत्रीको अभिनय छ। छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा बनेको फिल्मले कर्णालीको जारीप्रथाको कथा समेटेको छ।
नेपालीतर्फ सोलो रिलिज भएपनि ‘बुलाकी’ ले दुई विदेशी फिल्मसँग भिड्नुपर्ने हुन्छ। किनकी बिहिबारदेखि भारतीय स्वतन्त्रता दिवसको अवसरमा बलिउड फिल्म ‘स्त्री २’ र ‘खेल खेल में’ मा रिलिज भइसकेका छन्।
अमर कौशिक निर्देशित फिल्म ‘स्त्री २’ मा श्रद्धा कपुर र राजकुमार रावको मुख्य भूमिका छ। यो फिल्म म्याडडक सुपरन्याचुरल युनिभर्सको पाँचौं श्रृंखला र सन् २०१८ को फिल्म ‘स्त्री’को दोस्रो श्रृंखला हो। याे फिल्म हरर कमेडी जनरामा बनेको हो।
त्यसैगरि, ‘खेल खेल में’ मा अक्षयकुमार र तापसी पन्नु मुख्य भूमिकामा छन्। मुसदार अजिज निर्देशित फिल्म कमेडी ड्रामामा बनेको हो।
Shares

प्रतिक्रिया