फिल्म ‘ह्रस्व-दीर्घ’ को रिलिज मिति स्थगित भएको छ। अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले फेसबुकमार्फत रिलिज मिति सारिएको जानकारी दिएकी हुन्।
फिल्मको मुम्बईमा सम्पादन कार्य चलिरहेको र प्राविधिकरुपमा थप बनाउनपर्ने भएकाले रिलिज मिति स्थगित गरिएको उल्लेख गरेकी छिन्। यसअघि यो फिल्म आगामी असोज ३ गते संविधान दिवसको अवसरमा रिलिज हुने बताइएको थियो।
‘निर्धारित प्रदर्शन मिति असोज ३ मा आउने तयारीका बीच हाल मुम्बईमा पोस्ट प्रोडक्सनमा रहेको फिल्मको प्राविधिक टिमबाट फिल्मलाई थप उत्कृष्ट बनाउन विशेषतस् प्राविधिक कामहरू सम्पन्न गर्न थप समय लाग्ने भनि केहि समय माग भइ आएकोले उक्त मितिमा प्रदर्शनमा ल्याउन असमर्थ हुने निर्णयमा पुगेका छौं,’उनले लेखेकी छन्।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्।
हस्वदीर्घको प्रदर्शन रोकिएपछि उक्त मितिमा सुशिल श्रेष्ठको फिल्म ‘आउट ल’ तथा धीरज मगर र उपासनासिंह ठकुरी अभिनित ‘खुस्मा’ प्रदर्शन हुँदैछन्।
Shares

प्रतिक्रिया