कला


‘आँखा’ को टिजरमा बागमती नदी किनारका सुकुम्बासीको कथा

‘आँखा’ को टिजरमा बागमती नदी किनारका सुकुम्बासीको कथा

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १६:४४, काठमाडौँ

आगामी असोज ११ गतेबाट प्रदर्शन हुने फिल्म ‘आँखा’ को टिजर सार्वजनिक भएको छ। बिहीबार निर्माण ब्यानर लामा सिनेमाजले फिल्मको टिजर निकै मर्मस्पर्शी छ।

जौन योन्जन निर्देशित फिल्मको टिजरमा फिल्मको मूल कथावस्तुलाई उठान गरिएको छ। काठमाडौंको बागमती नदी किनारमा बस्दै आएका सुकुम्बासी मानिसहरूको पीडा टिजरबाट प्रस्तुत गरिएको छ।

पछिल्लो समय बागमती किनारको सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा राज्य संयन्त्र र काठमाडौं महानगरबीचको रस्साकस्सीदेखि स्थानीय बासिन्दाहरूले गर्दै आएको आन्दोलन टिजरमा समेटिएको छ।

टिजरमा फिल्मको प्रमुख अभिनयमा रहेका प्रायः कलाकारहरूलाई स्थान दिइएको छ। निर्देशक तथा लेखक योन्जनले काठमाडौं महानगरका प्रमुख बालेन शाहले उठाइरहेको सुकुम्बासी व्यवस्थापनको मुद्धा र त्यसमा उत्पन्न भइरहेको परिस्थितिलाई कथावस्तु बनाएको अनुमान लगाउन सकिन्छ।

यस फिल्ममा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बरालको अभिनय छ। बाल कलाकारको भुमिकामा प्रसन राई छन्।

निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता हुँदा सह निर्मातामा रेनुका कार्की छिन्।
आलोक शुक्लाको खिँचेको फिल्ममा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad