कला


अमेरिकावासी नेपाली कलाकारको वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक्स सार्वजनिक

अमेरिकावासी नेपाली कलाकारको वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक्स सार्वजनिक

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १४:३९, काठमाडौँ

अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ।

यस सिरिजको निर्देशन बिमलेश अधिकारीले गरिरहेका छन्, जसले हालै सामाजिक सञ्जालमार्फत फस्ट लुक पोस्टर सार्वजनिक गर्दै सिरिजको औपचारिक घोषणा गरेका छन्।

पोस्टर सार्वजनिक गर्दै बिमलेशले लेखेका छन्- हाम्रो वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक प्रस्तुत गर्दै छु। यो विदेशबाट नेपाली कथा वाचनमा एउटा महत्त्वपूर्ण कोशेढुंगा हुनेछ। यस पवित्र दिन श्रीकृष्ण जन्माष्टमीको अवसरमा हामी सिर्जनशीलता र संस्कृतिको उत्सव मनाउँदै छौँ। यो सपना साकार गर्न सहयोग पुर्‍याउने सबैलाई हार्दिक धन्यवाद। आगामी वेब सिरिजले विश्वभरका मनहरूलाई जोड्नेछ।

यस सिरिजबाट नेपाली चलचित्रकी एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्किएकी छन्। यसमा अरुणिमासहित बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली,  रोजिना थापालगायत कलाकारको प्रमुख भूमिका रहनेछ।

घर बट इन अमेरिका सिरिजको सम्पूर्ण छायांकन संयुक्त राज्य अमेरिकामै भइरहेको छ। सिचुएसनल कमेडी-ड्रामा विधामा निर्माण भइरहेको यो सिरिजलाई विवेक चम्लागाईंले लेखेका हुन्।

सिरिजमा गोप्य रूपमा लिभ-इन रिलेसनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवा वरपरका घटना प्रस्तुत गरिएको छ।

सिरिजको निर्माण सेभेन कलर्स डिजिटलले गरेको हो। निर्देशक तथा कलाकार बिमलेश अधिकारीले यस सिरिजको अवधारणासमेत तयार पारेका छन्।

सिरिजको पहिलो सिजनको छायांकन सकिएको छ, जसको केही दिनमा टिजर सार्वजनिक गर्ने तयारी छ। यो सिरिज कुन प्लेटफर्ममा स्ट्रिमिङ हुनेछ भन्ने जानकारी भने दिइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad