कला


‘बेहुली फ्रम मेघौली’ को पाइरेसीविरुद्ध साइबर ब्युरोमा निश्चलको उजुरी

‘बेहुली फ्रम मेघौली’ को पाइरेसीविरुद्ध साइबर ब्युरोमा निश्चलको उजुरी

नेपालखबर
असोज २१, २०८१ सोमबार १५:४३, काठमाडौँ

हलमा प्रदर्शनरत फिल्म ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक र सामाजिक सञ्जालमा छ्यापछ्याप्ति भेटिएपछि निर्माताले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्। 

फिल्म हेर्न हलमा पुगेका दर्शकले मोबाइलबाट भिडिओ खिचेर टिकटक, फेसबुक लगायतमा अपलोड हुने क्रम बढेपछि सोमबार ब्युरो पुगेर उजुरी दिएका निश्चल बस्नेत जानकारी दिए। 

सामाजिक सञ्जालमा अपलोड भएका भिडिओहरू हटाउनुका साथै पाइरेसी गर्नेलाई कारबाही गर्न कानुनी प्रक्रिया अघि बढेको उनले फेसबुकमा उल्लेख गरेका छन्। 

‘हलमा भिडिओ खिचेर आफ्नो सामाजिक संजालमा (फेसबुक, ट्विटर, इन्स्टाग्राम र टिकटक) मा हाल्नुभएको छ भने तपाईको अकाउन्ट बन्द हुनेछ। साइबर ब्युरोलाई धेरै धेरै धन्यवाद। साथै बौद्धिक सम्पति चोरी नगर्न सबैमा अनुरोध छ। कानुनी प्रक्रिया अगाडी बडिसकेको जानकारी दिन चाहन्छु,’ उनले भनेका छन्।

केही दिनअघि यस फिल्मको भिडिओहरू सामाजिक सञ्जालमा अपलोड भएसँगै चलचपत्र विकास बोर्डले पनि सूचना जारी गर्दै चेतावनी दिएको थियो। 

गत शुक्रबारदेखि रिलिज भएको यस फिल्ममा निश्चलसहित स्वस्तिमा खड्का मुख्य भूमिकामा छन्। यस फिल्मले तीन दिनमा २ करोड २५ लाखको व्यापार गरिसकेको छ। 

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्‌को ब्यानरमा निर्माण भएको सिनेमा सजन काफ्ले र आकाश बरालले लेखन तथा निर्देशन गरेका हुन्।

यो उनीहरूको डेब्यु निर्देशकीय सिनेमा हो। अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन्। 

सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad