कला


वरिष्ठ गीतकार विश्व बल्लभको निधन

वरिष्ठ गीतकार विश्व बल्लभको निधन

नेपालखबर
असोज २४, २०८१ बिहिबार ८:२, काठमाडौँ

वरिष्ठ गीतकार विश्व बल्लभको निधन भएको छ। माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मस्तिष्कघातको उपचारको क्रममा बुधबार ८० वर्षको उमेरमा उनको निधन भएको हो। 

गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत बल्लभको निधन भएको जानकारी दिएका हुन्। गीतकार थापा बल्लभको उपचारको लागि अर्थ संकलनमासमेत सक्रिय थिए। 

रेडियो नेपालमा लामो समय जागीरे जीवन विताएका बल्लभ कवि तथा गितकार ईश्वर बल्लभका सहोदर भाइ हुन्।

उनकी पत्नीको दुई वर्षअघि नै निधन भएको थियो। 

तारादेवीले गाएको ‘शुभकामन’, अरुणा लामाले गाएको ‘भाग्यले खुसी खासेर लग्यो’, अमर तन्डुकारले गएको ‘धेरै दिनभयो तिम्रो झझल्को’ सहितका लोकप्रिय गित बल्लभले लेखेका छन्। 

उनको हिजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad