कला


आज अल्बानियामा हुँदै ‘द मिस ग्लोब’ फिनाले, नेपालबाट मोनिका सहभागी

आज अल्बानियामा हुँदै ‘द मिस ग्लोब’ फिनाले, नेपालबाट मोनिका सहभागी

नेपालखबर
असोज २९, २०८१ मंगलबार १६:३, काठमाडौँ

‘द मिस ग्लोब’ को फिनाले आज राति अल्बानियामा हुँदै छ। जसमा नेपालबाट द मिस ग्लोब नेपाल २०२४ की विजेता मोनिका अधिकारी प्रतिनिधित्व गर्दैछिन्।

प्रतिस्पर्धाको लागि मोनिका २० दिनअघि अल्बानिया उडेकी थिइन्। मिस ग्लोबमा मोनिकाले विभिन्न राउन्डमा उत्कृष्ट प्रस्तुति दिँदै विजेताको दाबेदारको रूपमा बलियो उपस्थिति जनाइरहेकी छिन्।

हेड टु हेड च्यालेन्जको फाइनलदेखि मस्ट पपुलरको शीर्ष ५ र मल्टिपल ब्रान्ड सुटको सेक्सनमा समेत पर्न सफल भएकी छिन्।

मिस ग्लोब नेपाल मिस्टर एन्ड मिस नेसनलभित्रकै एक महत्त्वपूर्ण उपाधी हो।

मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डा सन्तोष उपाध्यायले मोनिकाले फिनालेमा राम्रो स्थान बनाउनेमा विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad