दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ को प्रदर्शन मिति तोकिएको छ। विभिन्न अन्तर्राष्ट्रिय महोत्सव पुगिसकेको यो फिल्म नेपालमा चैत १ गतेबाट रिलिज हुनेछ।
निर्माणटीमले एक विज्ञप्ति निकाल्दै रिलिज मितिबारे जानकारी दिएको हो। टी फोक्स फिल्म्स र ब्यांकतेश इन्टरटेनमेन्टले संयुक्त रूपमा नेपालमा वितरण गर्नेछन्।
नेपालमा राजागंज शीर्षकमा प्रदर्शन हुने यो फिल्म विदेशमा ‘पूजा, सर’ को नामले प्रिमियर भएको थियो। जारी र कबड्डीका सिरिजजस्ता ब्लकबस्टर निर्माता रामबाबु गुरुङ, अभिनेता दयाहाङ राई र भारतीय निर्देशक अनुराग कश्यप यस फिल्मका निर्माता हुन्।
अभिनेता दयाहाङ राईले यो फिल्म सहासी महिलाहरूको कथा भएको बताए। उनले भने, ‘दीपक र मैले छैटौँ पटक सहकार्य गरेका छौँ। योफिल्म आर्ट र कर्मसको उत्कृष्ट संगम हो। यसको मेकिङ, टेक्निकल लेयर्स र प्रस्तुति उच्चस्तरको छ।’
यस फिल्ममा दयाहाङसहित आशा मगराती, निकिता चाण्डक, ऋचा शर्मा, विजय बराल लगायतको अभिनय छ।
भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको यो फिल्म यो फिल्म हालै बुसान फेस्टिभल र भारतको मुम्बई फिल्म फेस्टिभलमा समेत स्क्रिनिङ भएको थियो।
साथै फ्रान्स, जर्मनी, स्विजरल्यान्ड र बेलायतजस्ता देशहरूका लागि वितरण अधिकार प्रतिष्ठित कम्पनीहरुले किनिसकेको छ।
त्यस्तै, अमेरिकी कम्पनी पेनी ब्ल्याक मिडियाले यस फिल्मको अन्तर्राष्ट्रिय एयरलाइन्स प्रदर्शन अधिकार पनि किनेको छ। यो फिल्म चाँडै अन्तर्राष्ट्रिय एयरलाइन्समा समेत प्रदर्शनमा आउनेछ।
Shares

प्रतिक्रिया