कला


शुक्रबारदेखि निश्चल र स्वस्तिमाको फिल्म ‘बेहुली फ्रम मेघौली’ ओटीटीमा हेर्न पाइने

शुक्रबारदेखि निश्चल र स्वस्तिमाको फिल्म ‘बेहुली फ्रम मेघौली’ ओटीटीमा हेर्न पाइने

नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १५:३७, काठमाडौँ

निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ को ओटीटी प्रदर्शन मिति तोकिएको छ। यो फिल्म आउँदो शुक्रबार अर्थात् कार्तिक ९ गतेबाट एमएसएम भिडिओमा स्ट्रिमिङ हुनेछ। 

स्वस्तिमाले एक पोस्टर सेयर गर्दै रिलिज मितिबारे जानकारी दिएकी हुन्।एमएसएम भिडिओ गुगल प्ले र प्ले स्टोर एपमा उपलब्ध छ। दर्शकहरूले डाउनलोड गरेर यसलाई प्रयोग गर्न सक्छन्।

यद्यपि, यो फिल्म अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने एपमा उपलब्ध हुने छैन। यी देशहरूमा हलमै रिलिज भइराखेकाले तत्काल ओटीटीमा नआउने निश्चले बताए। 

घटस्थापनाको अवसरमा असोज १७ गतेबाट रिलिज भएको यस फिल्मले दर्शकहरुबाट राम्रो प्रतिक्रिया बटुलेको थियो। पहिलो साताभर साढे तीन करोड कमाएको थियो।

तर, दोस्रो साता तीन स्वदेशीसहित एक विदेशी फिल्म हुँदा प्रयाप्त शो पाउन सकेन।

कम शो पाएपछि निश्चलले सामाजिक सञ्जालमा आफ्नो फिल्ममा अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै असन्तुष्टि पोखेका थिए। साथै आफूले हलको विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका थिए। त्यसपछि उनले फिल्मलाई हलबाट उत्रारे। 

यो उनीहरूको डेब्यु निर्देशकीय सिनेमा हो। निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको फिल्मको कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्।

यस फिल्मले उमेर पुगेपछि आउने बिहेको प्रेसरको कथा भन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad