कला


‘मिसिङ : केटी हराएको सूचना’को पोस्टरमा सृष्टि र नाजिर गम्भीर

‘मिसिङ : केटी हराएको सूचना’को पोस्टरमा सृष्टि र नाजिर गम्भीर

नेपालखबर
कात्तिक ९, २०८१ शुक्रबार १४:७, काठमाडौँ

दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङ : केटी हराएको सूचना’को दोस्रो पोस्टर आज सार्वजनिक भएको छ।

पोस्टरमा फिल्मका मुख्य कलाकारहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई केही गम्भीर भावमा देखिएका छन्। 

यसअघि सार्वजनिक पहिलो पोस्टरमा निकै हसमुख मुद्रामा देखिएका नाजिर र सृष्टिलाई दोस्रो पोस्टरमा फरक मुडमा देखाइएको छ। पोस्टरमा नाजिर र सृष्टि सामान्य पहिरनमा छन्।

पोस्टरमा नाजिर र सृष्टिको पृष्ठभूमिमा ‘बजारमा अनौठो परिवेशको नयाँ चलचित्र’ को शीर्षकको समाचार शीर्षक छ। जसमा चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र गौचनको नाम लेखिएको छ। यो समाचारबाहेक पोस्टरमा ‘देशमा हतियार तस्करी फस्टाउँदै’सहित अन्य शीर्षकका समाचार पनि छन्। 

कात्तिक ३० गतेदेखि रिलिज हुने फिल्मको यसअघि सार्वजनिक भइसकेका छन्। यस फिल्ममा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ। दीपेन्द्रकै निर्माण रहेको चलचित्रमा उनकै स्क्रिप्ट लेखन छ।

चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। अमितेष शाह विशेष भूमिका छ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र ट्राई सिटी पिक्चर्सकै ब्यानरमा निर्माण भएको हो। नकिम उद्दिन कार्यकारी निर्माता रहेको दीपेन्द्र गौचनको कथा र लेखन छ। म्युजिक नेपाल डिजिटल पार्टनर रहेको चलचित्र एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad