कला


अभिनेत्री रिया चक्रवर्तीविरुद्ध सीबीआईको याचिका सर्वोच्चद्वारा खारेज

अभिनेत्री रिया चक्रवर्तीविरुद्ध सीबीआईको याचिका सर्वोच्चद्वारा खारेज

फाइल तस्बिर: अभिनेत्री रिया चक्रवर्ती


नेपालखबर
कात्तिक ९, २०८१ शुक्रबार १८:५, काठमाडौँ

भारतको सर्वोच्च अदालतले शुक्रबार अभिनेत्री रिया चक्रवर्ती, उनका भाइ र आमाबुवाविरुद्ध लुक आउट सर्कुलर जारी गर्न भनी केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई), महाराष्ट्र सरकार र ब्युरो अफ इमिग्रेसनले दायर गरेको याचिका खारेज गरेको छ। 

यसअघि बम्बई उच्च अदालतले यी चार व्यक्तिविरुद्ध जारी गरिएको लुक आउट सर्कुलर रद्द गरेको थियो। तर उच्च अदालतको यो आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिइएको थियो।

अभिनेता सुशान्त सिंहको मृत्यु प्रकरणमा अभिनेत्री रिया चक्रवर्ती, उनका भाइ शोभिक, बुबा (पूर्वसैनिक) र आमा (सैनिक स्कुलकी शिक्षिका) विरुद्ध २०२० मा उक्त सर्कुलर जारी गरिएको थियो।

सुशान्त सिंह राजपुतको परिवारले उनको मृत्युको छानबिन गर्न पटनामा एफआईआर दायर गरेको थियो। त्यसपछि यो मुद्दा सीबीआईलाई जिम्मा दिइएको थियो।

लाइभ लका अनुसार न्यायाधीशद्वय बीआर गवई र केवी विश्वनाथनको संयुक्त इजलासले यो निवेदन गम्भीर नभएको र अभियुक्तहरू ‘हाई प्रोफाइल’ पृष्ठभूमिबाट आएकाले मात्र यो दायर गरिएको ठहर गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad