बलिउड अभिनेता सलमान खान र एनसीपी नेता जिशान सिद्दिकीलाई मार्ने धम्की दिएको आरोपमा मुम्बई प्रहरीले उत्तर प्रदेशको नोएडाबाट २० वर्षीय युवकलाई पक्राउ गरेको छ।
समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै सलमान र जिशानलाई हत्याको धम्की दिएको आरोपमा मोहम्मद तैयब नामका युवकलाई प्रहरीले पक्राउ गरेको हो।
समाचार एजेन्सीले निर्मल नगर प्रहरी स्टेसनका एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘सिद्दीकी र सलमान खानलाई जिशान सिद्दिकीको हेल्पलाइन नम्बरमा फोन गरेर ज्यान मार्ने धम्की दिइएको थियो।’
आरोपितलाई थप अनुसन्धानका लागि मुम्बई ल्याइएको उनले बताए।
जिशान सिद्दिकीका पिता बाबा सिद्दिकीको हालै मुम्बईको बान्द्रा इस्टमा गोली हानी हत्या गरिएको थियो।
करिब ४८ वर्ष कंग्रेसमा रहेका बाबा सिद्दिकी यसै वर्ष फेब्रुअरीमा एनसीपी (अजित पवार गुट) मा प्रवेश गरेका थिए।
बाबुको हत्यापछि उनका छोरा जिशान पनि केही दिनअघि मात्र कंग्रेस छाडेर एनसीपी प्रवेश गरेका हुन्।
Shares

प्रतिक्रिया