बलिउड अभिनेता विक्की कौशल आफ्नो एन्जाइटी (चिन्ता) बारे धेरैपटक बोलेका छन्। भर्खरै एक अन्तर्वार्तामा उनले फेरि एकपटक आफ्नो उक्त समस्याबारे कुरा गरेका छन्।
उनले चिन्ताको सामना गर्ने तरिका बताए। विक्की कौशलले चिन्ताको सामना गर्न सबैभन्दा महत्त्वपूर्ण कुरा चिन्तालाई स्वीकार गर्नु भएको बताए। यस क्रममा उनले आफूलाई एक वरिष्ठ अभिनेताले चिन्तालाई आफ्नो साथी बनाउन सल्लाह दिएको पनि सुनाए।

के भने विक्कीले?
हार्पर्स बजारसँगको विशेष कुराकानीमा विक्की कौशलले भने, ‘एकजना वरिष्ठ अभिनेताले मलाई चिन्तालाई साथी बनाउन भनेका थिए। यो सधैँ रहनेछ, तपाईंले यसलाई मास्टर गर्न आवश्यक छ। चिन्तालाई पहिचान गर्नु पहिलो ठूलो कदम हो।’
विक्की कौशलले कसरी एन्जाइटीको सामना गर्छन्?
उनले अप्ठ्यारो समयमा चिन्तामा फस्नुको सट्टा रचनात्मक काममा ध्यान दिने बताए। यस समयमा उनी आफूलाई निर्देशनको दुनियाँमा आकर्षित भएको पाउँछन्।
उनले निर्देशनमा लाग्ने कि नगर्ने थाहा नभएको तर अहिले नै यसमा चासो भने पक्कै रहेको बताए।
Shares

प्रतिक्रिया