बलिउडका चर्चित अभिनेताहरूको सुन्दर कपालबाट मोहित नहुने को होला र! बुढेसकाल भइसक्दा पनि उनीहरूको लहलहाउँदो कपाल साँच्चै लोभलाग्दो देखिन्छ।
तर तपाईंलाई थाहा छ- तीमध्ये धेरैले आफ्नो कपाल प्रत्यारोपण (हेयर ट्रान्सप्लान्ट) गराएका छन्।
आउनुहोस् केही चर्चित बलिउड अभिनेताहरूबारे जानौँ, जसले सुन्दरताका लागि हेयर प्लान्टको सहारा लिए।
भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता सलमान खानलालई सन् २००० देखि नै कपला झर्ने समस्याले सताउन थालेको थियो। त्यसपछि उनले ट्रान्सप्लान्टको सहारा लिए। तर उनले यो कुराको अहिलेसम्म न पुष्टि गरेका छन् न खण्डन नै।
यस्तै अर्का चर्चित अभिनेता गोविन्दाले पनि कपाल प्रत्यारोपण गराएका छन् भने कपाल झर्ने समस्या भएपछि अक्षय कुमारले पनि कपाल प्रत्यारोपण गराए।
यो सूचीमा सञ्जय दत्त र अक्षय कुमार पनि रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यस्तै पुराना अभिनेता अमिताभ बच्चनले पनि बढ्दो उमेरसँगै कपाल झर्ने समस्या देखिएपछि प्रत्यारोपण गराए भने कपाल प्रत्यारोपण गराउने स्टारको सूचीमा विवेक ओबेरोय पनि पर्छन्।
Shares

प्रतिक्रिया