कला


कालीप्रसाद पोखरा र बुटवलमा गुञ्जने

कालीप्रसाद पोखरा र बुटवलमा गुञ्जने

नेपालखबर
कात्तिक २८, २०८१ बुधबार १३:५३, काठमाडौँ

चर्चित संगीतकार तथा गायक कालीप्रसाद बासकोटा आफ्नो सांगीतिक करियर १५ वर्ष पुगेको अवसर पारेर पोखरा र बुटवलमा गुञ्जने भएका छन्। 

नवीन शैलीका गीत गाउन र तयार पार्न रुचाउने कालीप्रसाद आफ्नो व्याण्ड साथीभाइसहित पोखरा र बुटवलमा गुञ्जन लागेका हुन्।

कालीप्रसाद र उनको ब्यान्ड साथीभाइ यही शुक्रबार पोखराको लेकसाइडमा अवस्थित किङ्स लन्ज पोखरामा सांगीतिक प्रस्तुती दिँदैछन्। यहाँ उनीहरुको व्याण्डको तेस्रो प्रस्तुती हुनेछ। 

किङ्स लाउन्ज पोखराले कालीका फ्यानहरुबाट उनलाई पुनः सुन्ने चाहना राखेपछि काली र उनको ब्यान्डको कार्यक्रम राखिएको जनाएको छ।

काली र उनको व्याण्डले पोखरापछि शनिबार बुटवलको द कन्सेप्ट क्लब एण्ड पबमा आफूलाई प्रस्तुत गर्नेछ। पोखरा र बुटवलमा काली र उनको व्याण्डले उनले ‘निर जहिल्यै रिसाउनी’, ‘अजम्बरी लाउला पिरती’, ‘माया रैछ र भर रैछ नि’ र ‘जीवन जात्रा हो’ लगायतका लोकप्रिय गीत सुनाउनेछन्।

पोखरा र बुटवलपछि काली र उनको व्याण्डले निकट भविष्यमै सुनसरी, झापा, चितवनलगायतका स्थानमा आफूलाई गुञ्जाउँदैछन्। यसअघि उनीहरुले काठमाडौंसहित ललितपुर, मोरङ, सुनसरी, धनकुटा र भोजपुरमा प्रस्तुती दिइसकेका छन्।

‘यो टुरले मेरो व्यक्तिगत उपलब्धिलाई मात्र उत्सवका रुपमा मनाउँदै छैन, यसले नेपाली संगीतको वृत्ति विकासलाई पनि उजागर गर्नेछ। हाम्रो टुरले फ्यानमाझ पुराना र नयाँ गीत पस्कनेसँगै मेरो यात्रा, करियर, गीत सिर्जनाका अविष्मरणीय क्षणलाई दर्शकमाझ प्रस्तुत गर्नेछ’, काली भन्छन्।

कालीप्रसादको नेपाल टुरको व्यवस्थापन पीभीई नेटवर्कले गर्नेछ। नेटवर्कले चार वर्षदेखि काली र उनको व्याण्डको व्यवस्थापन हेर्दै आएको छ।

‘आफ्नो नवीन शैलीका लागि परिचित कालीप्रसादले नेपाली सम्पदाका समृद्ध तत्वहरुसँग समसामयिक ध्वनिहरु मिसाएर नेपाली फिल्मका संगीतलाई पुनः आकार दिएका छन्। उहाँका गीत परिवारदेखि समाज हुँदै राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा लोकप्रिय छन्। उहाँको १५ वर्षे करियरको उत्सवमा हातेमालो गर्न पाउँदा हामी उत्साहित छौं’, पीभीई नेटवकका विकेश कायस्थ भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad