कला


चलचित्र ‘तेल भिसा’ का निर्माता र निर्देशकविरुद्ध प्रहरीमा उजुरी

चलचित्र ‘तेल भिसा’ का निर्माता र निर्देशकविरुद्ध प्रहरीमा उजुरी

नेपालखबर
कात्तिक २८, २०८१ बुधबार १५:४, काठमाडौँ

फिल्म ‘तेल भिसा’ का निर्माता र निर्देशकविरुद्ध प्रहरीमा उजुरी परेको छ। 

अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेविरुद्ध उजरी परेको हो। 

उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँका उजुरी परेको हो। 

प्रहरीले कसले उजुरी दिएको भन्ने विषयमा खुलाएको छैन। हाल प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ।  

लामो समयदेखि अमेरिकामा बस्दै आएका शंकर र ऋचा यतिखेर काठमाडौँमा छन्। दम्पतीसमेत रहेका उनीहरु फिल्मको रिलिजको लागि काठमाडौँ आएका हुन्।

उनीहरूको यस कमब्याक फिल्ममा विपिन कार्की र वर्षा राउत मुख्य भूमिकामा छन्। यो फिल्म आगामी मंसीर ७ गतेबाट रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad