आइफोन १४ प्रो म्याक्सबाट खिचिएको फिल्म ‘अ प्लेस अन्डर द सन’ अमेजन प्राइम भिडिओमा सार्वजनिक भएको छ। वन स्क्वाड फिल्म्सले फिल्मलाई अमेजन प्राइममा स्ट्रिमिङ गरेको हो।
पहिलो चरणमा यस फिल्मलाई अमेरिका र क्यानडाको सर्भरमा हेर्ने सकिनेछ। क्रमशस् अन्य देशहरुमा समेत फिल्म हेर्न पाइनेछ। फिल्मका निर्देशक तथा लेखक जेसन लोप्चनले अन्य मुलुकमा समेत छिट्टै हेर्न मिल्ने जानकारी दिए।
केही महिनाअघि यो फिल्म नेपालको सीडीसी सिनेमाजमा प्रिमियर गरिएको थियो। जहाँ उपस्थित चलचित्रकर्मीहरुले फिल्मको प्रसंसा गरेका थिए।
अमेजनमा फिल्म रिलिज भएपछि ओएसआर डिजिटलले युट्यबमा ट्रेलर सार्वजनिक गरेको छ। यस फिल्ममा मिन घलान, मिरा गुरुङ, प्रवेश एम्सी, अन्शु शर्मा, विप्लव गौली, प्रजन पौडेल, रिदें श्रेष्ठ लगायतको अभिनय छ।
निर्देशक लोप्चनले फिल्मलाई नेपालका हलमा प्रदर्शनमा ल्याउने समेत तयारी भइरहेको बताए।
Shares

प्रतिक्रिया