अहिले बिहेको सिजन छ। कोही जोडी बैवाहिक बन्धनमा बाँधिदैछन् त कोही सधैंको लागि टाढा हुँदैछन्। आफूले माया गरेको व्यक्तिको अर्कैसँग बिहे कस्तो होला?
त्यही पीडा र अनुभूति समेट्दै गायक महेश काफ्लेले नयाँ गीत ‘धन्यवाद मायालु’ ल्याएका छन्।
गीतका हरफहरुले धोका पाएको एक प्रेमीको कथा भन्छः
छोडेर जाने मायाको, आँखामा अझै चित्र छ
देखाउनु बाहिर कसरी, जे हुनु यही मनभित्र छ
जिउदै छु र त आँसु पिउन पाको छु
सार्वजनिक गीतमा गायक महेश काफ्लेकै शब्द, संगीत र स्वर रहेको छ। उदयराज पौडेलले एरेञ्ज गरेका गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङरमास्टरिङ छ।
क्रियटिभ ह्याट्सको लगानीमा बनेको गीतको भिडिओलाई हरि हुमागाईंले निर्देशन गरेका हुन्। भिडिओमा महेशसहित सिम्पल खरेल, प्रभात पाल ठकुरी र निमा पाण्डेको अभिनय छ।
युवापुस्तामाझ चर्चित गायक महेशले गाएका नाच फिरिरी, माया बिरानी, लज्जावती झार, तातो गोली, चाइना जापान लगायतका गीतहरु निकै चर्चित छन्।
Shares

प्रतिक्रिया