मिस्टर वर्ल्ड २०२४ को उपाधि पोर्टो रिकोका डेनियल मेजियाले जितेका छन्। शनिबार राति भियतनाममा भएको फिनालेमा मिस्टर वर्ल्ड घोषित भएका हुन्।
पुरुष सौन्दर्य प्रतियोगितातर्फको यस प्रतिस्पर्धामा पोर्टो रिकोले पहिलोपटक उपाधि उचालेको हो। २८ वर्षिय डेनियल मेजिया गायक तथा मोडल हुन्।
प्रतियोगितामा ७० देशका पुरुषहरुलाई पछि पार्दै उनी विजेता बने। गत वर्षका विजेता इङ्ल्याण्डका ज्याक हेस्लेउडले उनलाई ताज लगाइदिए।
खेलकुदतर्फको विदामा उत्कृष्ठ बन्दै उनी टप २० मा पुगेका थिए। ‘ट्यालेन्ट कम्पिटिसन’ को उपाधि पनि उनले नै जितेका थिए।
नेपालका सन्तोष लेक्समले पनि प्रतिस्पर्धामा सहभागीत भएका थिए। तर, उनी अन्तिम २० भित्र समेत पर्न सकेनन्।

प्रतिक्रिया