कला


गोरखामा हुँदै ‘जुन-किरी’को दोस्रो चरणको छायांकन

गोरखामा हुँदै ‘जुन-किरी’को दोस्रो चरणको छायांकन

नेपालखबर
मंसिर १०, २०८१ सोमबार १४:७, काठमाडौँ

गुरुङ समुदायको घँटु परम्परामाथिको फिल्म ‘जुन-किरी’को दोस्रो चरणको सुटिङ सुरु भएको छ।

हाल गोरखाको सिरानचोकस्थित नाथ मण्डलीमा फिल्मको दोस्रो चरणको सुटिङ भइरहेको छ। गत असोज १५ गतेबाट फ्लोरमा गएको टिमले दसैँअघि पहिलो चरणको काम सकाएको थियो। फिल्मको दोस्रो चरणको काम १५ गतेसम्म सकिने फिल्मका लेखक तथा अभिनेता सुरज तमुले जानकारी दिए। 

दीप गुरुङको निर्देशन रहेको फिल्ममा सुरजको र भरत राईको कथा र केर कोइँच लिनुचको पटकथो छ।  

फिल्ममा सुरजस“गै अभिनेत्री लक्ष्मी गुरुङ मुख्य भूमिकामा छन्। सुरजले ‘ऊनको स्वीटर’, ‘गोरखा वारियर’ ‘एन्जिला’, ‘सारंगा’, ‘नैना’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन्।

एक दशकदेखि रंगकर्ममा सक्रिय सुरजले ‘स्कुल’, ‘चालिसे भीर’ लगायतका नाटक निर्देशन गरिसकेका छन्। उनले ‘ दयामाया आफूमात्र लिखापानी आइपुगी’, ‘हरियो ढुंगा’, ‘मिमांशा’, ‘योगमाया’, ‘कोरा’, ‘अर्को अर्थ नलागेमा’, ‘ब्युँझिएको सिरानी’, ‘चोरको स्वर’ लगायत करिब २ दर्जन नाटकमा अभिनय गरिसकेका छन्।

लक्ष्मीको यो दोस्रो फिल्म हो। यसअघि ‘नैना’ फिल्ममा उनले मुख्य भूमिकामा काम गरेकी थिइन्। ‘माइली’, ‘युके लन्डन’ लगायत दर्जनौं म्युजिक भिडिओमा उनले काम गरिसकेकी छन्।

फिल्म सुरज र लक्ष्मीसँगै कलाकार डिबी गुरुङ, अनिल सुब्बा, कविता आलेको पनि महत्वपूर्ण भूमिका छ।

त्यसैगरी फिल्ममा प्रतीना राई, प्रविन मगर,सुस्मिता गुरुङ, माया गुरुङ, सौजन सेन्ह्याङ र समर्पण श्री लगायका कलाकारको अभिनय छ। 
निर्देशक दीप गुरुङको यो दोस्रो फिल्म हो। उनले यसअघि फिल्म ‘नैना’ निर्देशन गरेका थिए। उनले दर्जनौं म्युजिक भिडिओ निर्देशन गरिसकेका छन्।

फिल्ममा काठमाडौंमा संघर्ष गरिरहेको फोटोग्राफरको यात्रा र अनुभूतिको कथामा केन्द्रित छ। गुरुङहरूमाथि पहिल्यैदेखि नाच्दै आएको घाटुको फोटो खिच्न जा“दा घट्ने घटना र भेटिने सम्बन्धहरूले कथालाई रोचक बनाउने विश्वास निर्माण टिमले लिएको छ।

फिल्मलाई सिनेमाटोग्राफर योगेश दाहालले खिचिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad