कला


अञ्जना र प्रवीणको मुख्य भूमिका रहेको फिल्म ‘डोरी’ को शुभमुहूर्त

आइतबारदेखि छायांकन
अञ्जना र प्रवीणको मुख्य भूमिका रहेको फिल्म ‘डोरी’ को शुभमुहूर्त

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १३:५८, काठमाडौँ

फिल्म ‘डोरी’ को शुभ मुहूर्त गरिएको छ। बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजासहित फिल्मको शुभमुहूर्त गरिएको हो। 

कार्यक्रममा मुख्य कलाकार र टिमका सदस्यहरूको उपस्थिति थियो। अभिनेता प्रवीण खतिवडा, अभिनेत्री अञ्जना बराइली, शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, र नूतनलगायतका कलाकारहरूले पूजामा उपस्थित हुँदै सफलताका कामना गरे।

निर्देशक अरुण लामा, कार्यकारी निर्माता राज थापा, छायाकार सौरभ लामा, र सङ्गीतकार राजनराज सिवाकोटी लगायतका टिमका मुख्य सदस्यहरूको पनि सहभागिता रह्यो। फिल्ममा कविता आले, सजन श्रेष्ठ लगायतको पनि अभिनय रहनेछ।

आइतबारदेखि छायाङ्कन सुरु हुने फिल्मले नेपाली चलचित्रमा नयाँ कथा र शैली पस्कने निर्माणटिमको विश्वास छ। निर्देशक अरुण लामाले चलचित्रको नामको गहिराइ र अर्थबारे व्याख्या गरे। 

उनले भने, ‘नामले बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई प्रस्तुत गर्छ। यो चलचित्रका पात्रहरू आ(आफ्ना तरिकाले बाँधिएका छन्। कोही जिम्मेवारीको डोरीले, कोही समस्याको डोरीले, र कोही मायाको डोरीले। यसले वास्तविकताको खोज र रहस्यलाई उजागर गर्दछ।’

लामाका अनुसार, ‘डोरी’ले सामाजिक यथार्थ र समकालीन सन्दर्भलाई कथा मार्फत जीवन्त बनाउनेछ। ‘डोरी’ एक सामाजिक, रहस्यमय, र सस्पेन्सले भरिएको चलचित्र हो, जसले समाजको यथार्थतालाई प्रस्ट्याउने प्रयास गर्नेछ। चलचित्रको कथाले दर्शकलाई सोच्न बाध्य बनाउनेछ।

चलचित्रकी मुख्य अभिनेत्री अञ्जना बराइलीले नयाँ टिमसँगको सहकार्यलाई विशेष अनुभवका रूपमा लिएकी छिन्। 

‘नयाँ प्रोजेक्टमा काम गर्न पाउँदा सधैँ रमाइलो लाग्छ। यो चलचित्रमा नयाँ आइडिया छ र यसले दर्शकलाई नयाँ अनुभूति दिनेछ। मुहूर्तपछि ऊर्जा र उत्साहले भरिएकी छु, र यो चलचित्र सफल हुनेमा विश्वस्त छु।’

अभिनेता प्रवीण खतिवडाले ‘डोरी’लाई विभिन्न श्रेणीको मिश्रण रहेको चलचित्रका रूपमा परिभाषित गरे। ‘यस चलचित्रमा रहस्यमय कथा, सामाजिक यथार्थवाद, र ‘सस्पेन्स क्राइम’को संयोजन गरिएको छ। यी तीन वटाको रोचक मिश्रणले दर्शकलाई मनोरञ्जन दिनेछ भन्ने विश्वास छ,’ उनले भने।

चलचित्रको लेखन निर्देशक अरुण लामाले नै गरेका छन् भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन्। दिनेश भट्टराई निर्माता रहेको फिल्मको कार्यकारी निर्माता राज थापा हुन्। 

यसमा राजनराज सिवाकोटीको संगीत रहेको फिल्ममा सौरभ लामाको सिनेमाटोग्राफी र एक्सन निर्देशन राजु तामाङले गर्नेछन्। ‘डोरी’ आगामी वर्ष सन् २०२५ मा रिलिज लक्ष्य राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad