कला


‘पुष्पा २’को क्रेजबीच दिल्लीमा टिकटको मूल्य २४ सय भारु!

‘पुष्पा २’को क्रेजबीच दिल्लीमा टिकटको मूल्य २४ सय भारु!

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १४:३०, काठमाडौँ

अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ मंसिर २० गतेदेखि विश्वभर प्रदर्शन हुँदै छ। फिल्मको क्रेजबीच भारतसहितका केही देशले फिल्मको अग्रिम बुकिङ टिकट खुलाएका छन्।

मुम्बई, दिल्ली, बेंगलुरु र चण्डीगढजस्ता ठूला सहरमा फिल्मको अग्रिम बुकिङ धमाधम भइरहेको छ। दिल्लीमा टिकटको मूल्य २४ सय भारतीय रुपैयाँ पुगेको छ। मुम्बई र बेंगलुरुमा सबैभन्दा महँगो टिकट रु १६०० र रु १,००० सम्म छ। अब फिल्मको अग्रिम बुकिङ हेर्दा बक्स अफिसमा रेकर्ड तोड्ने अनुमान गर्न सकिन्छ।

कमाइका हिसाबले यो वर्ष सन् २०२४ मा प्रभासको फिल्म ‘कल्की’ अगाडि छ। अब पुष्पा यो फिल्मको कमाइको रेकर्ड तोड्ने तयारीमा छ। पिंकभिलाको रिपोर्टअनुसार पुष्पा २ ले पहिलो दिन बम्पर कमाउन लागेको छ।

बिहारले फिल्मको हिन्दी संस्करणको पहिलो दिनको अग्रिम बुकिङ जितेको छ, जहाँ सबैभन्दा बढी टिकट बिक्री भएको छ। अहिलेसम्म त्यहाँ ३.४८ लाख सिट बिक्री भइसकेको छ। 

त्यसैगरी, आइतबार बिहान १० बजेसम्म ‘पुष्पा २’ले नेसनल मल्टिप्लेक्स चेन पीभीआर, आएनओएक्स र सिनेपोलिसमा ७५ हजार टिकट बिक्री भइसकेका छन्। 

अग्रिम टिकट बिक्रीको केही घण्टामै भारतमा ५५ हजारभन्दा धेरै टिकट बिक्री भएको थियो। भारतभर पहिलो दिनको ७.८ टिकट बिक्री भइसकेका छन्। फिल्मले ओपनिङ डेमा विश्वव्यापी रूपमा ३०० करोड भारु कमाइ गर्ने प्रक्षेपण गरिएको छ। 

फिल्म रिलिज हुन अझै चार दिन बाँकी छ। अग्रिम बुकिङका हिसाबले यस फिल्मले ‘बाहुबली २’ र केजीएफ २’ रेकर्ड तोड्ने अनुमान छ। 

१७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पा: द राइज’ निकै सफल भएको थियो। जसकारण यस फिल्मलाई हेर्न दर्शक निकै आतुर छन्। 

सुकुमारको लेखन र निर्देशन रहेको यस फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दना मुख्य भूमिकामा छन्। साथै फरद फासिल, धनञ्जय, राव रमेश, सुनिल, अजय घोषलगायतको पनि अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad