बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ आजदेखि हलमा लागिसकेको छ।
यसैबीच, ‘पुष्पा’को तेस्रो शृंखला बनाउने घोषणा गरिएको छ।
फिल्मको पोस्ट-क्रेडिट दृश्यमार्फत निर्माताले ‘पुष्पा ३’ आउने घोषणा गरेका हुन्।
तेस्रो सिक्वेलको नाम ‘पुष्पा ३ : द र्याम्पेज’ राखिएको छ।
जसले दर्शकमा थप उत्साह पैदा गरेको छ।
आजदेखि प्रदर्शन भइरहेको यस फिल्मको शो भारतसहित विश्वभर हाउसफुल छ।
जसकारण यस फिल्मले बक्सअफिसमा विस्फोटक व्यापार गर्ने देखिन्छ। यद्यपि यस फिल्मले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ।
यसअघि पनि ‘पुष्पा : द राइज’ हेर्ने गएपछि मात्रै दर्शकले दोस्रो पार्ट ‘पुष्पा : द रुल’ बन्ने थाहा पाएका थिए।
यसपटक पनि निर्माताले पोस्ट क्रेडिटमार्फत तेस्रो शृंखला घोषणा गरेर दर्शकलाई सरप्राइज दिएका हुन्।
24
Shares

प्रतिक्रिया