नेपालमा कलाको विकास, अनुसन्धान र प्रवर्द्धन गर्न रागिनी उपाध्याय कला प्रतिष्ठान स्थापना गरिएको छ।
प्रख्यात कलाकार र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्याय अध्यक्ष रहेको यस संस्थामा उपाध्यक्ष डा स्वर्णिम वाग्ले, सचिव प्राडा गोविन्दराज पोखरेल र कोषाध्यक्ष सुप्रिया पौडेल छन्। सदस्यहरू पत्रकार अखिलेश उपाध्याय, ललितकला क्याम्पसका प्राध्यापक डा रमेश पोखरेल, पर्यटन तथा होटल व्यावसायी सिर्जना राणा, भाष्कर कोइराला र प्रतिमा थकाली रहेका छन्।
शनिबार बसेको प्रतिष्ठानको बैठकले नेपालमा कलाको विकास, अनुसन्धान र प्रवर्द्धनका लागि प्रोत्साहन गर्न वार्षिक रूपमा एकजना पत्रकारलाई १ लाखको पुरस्कार र दुई विद्यार्थाीलाई जनही ५० हजारको छात्रवृत्ति दिने गरी कोष स्थापना गरेको छ।
कोषका लागि सुरुआतमा रागिनी उपाध्याय, भाष्कर कोइराला र सिर्जना राणाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
उक्त पुरस्कार र छात्रवृत्ति हरेक वर्ष नोभेम्बर महिनाको ९ तारिखमा प्रदान गरिने प्रतिष्ठानका सचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यो पनि हेर्नुहोस्:
खप्परको खातमाथि बसेकी आमामार्फत गाजा युद्ध अन्त्यको आह्वान गरिरहेकी रागिनी
Shares

प्रतिक्रिया