कला


‘पूर्णबहादुरको सारंगी’ सोमबार हलबाट हट्ने, कम सो दिएको निर्माण कम्पनीको गुनासो

‘पूर्णबहादुरको सारंगी’ सोमबार हलबाट हट्ने, कम सो दिएको निर्माण कम्पनीको गुनासो

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १२:२३, काठमाडौँ

नेपाली चलचित्र उद्योगमा सर्वाधिक व्यापार गर्न सफल ‘पूर्णबहादुरको सारंगी’ भोलि (सोमबार) हलबाट हट्ने भएको छ।

विजय बराल मुख्य भूमिकामा रहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ सोमबारदेखि प्रदर्शन नहुने निर्माण कम्पनी सेभेन सिज सिनेमाले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

बिहीबारबाट दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ ले नेपाली सिनेमा हलमा प्रवेश पाएपछि ‘पूर्णबहादुरको सारंगी’ को सो घटेको थियो। हलमा राम्रै चलिरहे पनि निकै कम सो दिएर नजरअन्दाज गरेकाले हलबाट उत्रार्ने निर्णय गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ।

‘अहिले भने हामी कात्तिक १५, १६ र १७ गते जुन अवस्थामा थियौँ, ठिक त्यही अवस्थामा आइपुगेका छौँ। पूर्ण बहादुरको सारंगीलाई कर्नरिङ गरेपछि विद्रोह गर्ने अवस्थामा पुग्न बाध्य भएका छौँ,’ विज्ञप्तिमा लेखिएको छ, ‘पछिल्लो समयावधिमा देखिएका चुनौतीहरू र हाम्रो चलचित्रलाई केही सिनेमा घरहरूबाट गरिँदै आएको नजरअन्दाजको व्यवहारले यस निर्णयलाई अपरिहार्य बनाएको हो। मंसिर २४ सोमबार गतेदेखि देशभरका सिनेमा घरहरूमा पूर्ण बहादुरको सारङ्गी अब प्रदर्शनमा आउने छैन।’

कात्तिक १५ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले अत्यधिक सो पाउनेदेखि सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड बनाइसकेको छ।

यस फिल्मले नेपालमा ५० करोड र विदेशमा २५ करोडमाथि कमाइ गरेको छ।

सरोज पौडेलको कथा र निर्देशन रहेको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। फिल्ममा विजयसहित अञ्जना बराइली, मुकुन भुषाल, भोलाराज सापकोटा लगायतको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad