कला


‘पुष्पा २’ हजार करोड क्लबमा प्रवेश, बन्यो ६ दिनमा धेरै कमाउने भारतीय फिल्म

‘पुष्पा २’ हजार करोड क्लबमा प्रवेश, बन्यो ६ दिनमा धेरै कमाउने भारतीय फिल्म

नेपालखबर
मंसिर २७, २०८१ बिहिबार १३:४५, काठमाडौँ

अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’ ले बक्स अफिसमा लगातार नयाँ रेकर्ड बनाइरहेको छ।

यस फिल्मले ६ दिनमा विश्वभर १ हजार २ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो। कम समयमै १००० करोड क्लबमा सामेल हुने यो पहिलो भारतीय फिल्म भएको फिल्म निर्माताले बताएका छन्। यो फिल्म विश्वभर ५ डिसेम्बरमा रिलिज भएको थियो।

ट्रेन्ड एनालिस्ट तरण आदर्शका अनुसार पुष्पा २ ले मंगलबारसम्म हिन्दी संस्करणबाट ३ सय ७५ करोड भारु रुकमाएको छ। शुक्रबारसम्म यो फिल्म ५०० करोड क्लबमा सामेल हुन सक्छ।

यस फिल्मले भारतभरि सबै भाषामा ६८७ करोड नेट कलेक्सन गरिसकेको छ। व्यापार विज्ञ आमिर अन्सारीले पुष्पा–२ ले अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म दंगलको रेकर्ड तोड्ने बताए। सन् २०१६ मा रिलिज भएको आमिर खानको फिल्म दंगलले २०७० करोडको विश्वव्यापी कलेक्सन गरेको थियो।

पुष्पा २ पहेलो भारतीय फिल्म हो जसले ६ दिनमा हिन्दी भाषामा ३७५ करोड भारु कमाएको छ। फिल्मले हिन्दी भर्जनमा २००, २५०, ३०० र ३५० करोड क्लबको रेकर्ड कायम गरिसकेको छ। यो फिल्म चीनमा रिलिज भएको छैन।

जसमा व्यापार विज्ञ सुमित कँडेलले चीनमा रिलिज नगरी पुष्पा–२ फिल्म दंगलको विश्वव्यापी कलेक्शन रेकर्ड तोड्ने बताए। ‘पुष्पा–२’ ले विश्वभर २९४ करोड कमाएको थियो। जसमा भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन १७५.१ करोड थियो।

हिन्दी संस्करणतर्फ ७२ करोड भारु कमाएको थियो। योसँगै फिल्मले एसएस राजामौलीको फिल्म आरआरआरको रेकर्ड पनि तोडिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad