चर्चित भारतीय रियालिटी सो ‘स्प्लिट्स भिल्ला’ सिजन-५ बाट चर्चामा आएकी दिकिला शेर्पा ‘माइतीघर’ मा अनुबन्धित भएकी छन्।
यसै फिल्ममार्फत शेर्पा नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्न लागेकी हुन्। निर्माता रोहित अधिकारीले शेर्पा फिल्ममा अनुबन्धित भएको जानकारी दिए।
एमटीभीबाट प्रसारण हुने उक्त सोमा सहभागी भएकी शेर्पा भारतसहित नेपालीभाषी समुदाय र नेपाली युवा पुस्तामा लोकप्रिय छिन्।
गत साता युट्युबमा सार्वजनिक ‘झिमझिमाउने आँखा’मा पनि दिकिलाको अभिनय छ। यो गीत युट्युबको ग्लोबल चार्टबस्टरमा स्ट्रिमिङ भएको थियो।
यस फिल्ममा केदार घिमिरे (माग्ने बूढा) सहित उपासना सिंह ठकुरी, बुद्धि तामाङ, प्रकाश सपुत अनुबन्धित भइसकेका छन्।
मिलन तामाङको निर्देशनमा बन्ने फिल्मको फागुन वा चैतबाट सुटिङ सुरु हुने छ। ५९ वर्षअघि यसै नामबाट फिल्म ‘माइतीघर’ बनेको थियो। जुन निजी क्षेत्रको लगानीबाट बनेको पहिलो फिल्म समेत हो। त्यहीँ नाम सापटी लिएर रोहितले यो फिल्म बनाउन लागेका हुन्।
Shares

प्रतिक्रिया